दुई डोजरमा आगजनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई डोजरमा आगजनी


८ फाल्गुन २०७६, बिहिबार


डोटी । डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समूहले आगजनी गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाका अनुसार सायल गाउँपालिका–१ छपालीमा बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका ३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाडौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनी कसले गर्यो भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस