सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको आग्रह


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। कमिसन प्रकरणमा अडिओ  सार्वजनिक भएकोले मन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसले माग गरेको हो।

बिहीबार विज्ञप्ति एका विज्ञप्ति निकाल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष अनुसन्धान गर्न सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ ‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघि नै सार्वजनिक भए पनि स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पछि त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको पनि कांग्रेसले उल्लेख गरेको छ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस