अनावश्यक दुःख दिएको भन्दै लेखा अधिकृतको कोठामा वडाध्यक्षद्वारा तालाबन्दी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अनावश्यक दुःख दिएको भन्दै लेखा अधिकृतको कोठामा वडाध्यक्षद्वारा तालाबन्दी


८ फाल्गुन २०७६, बिहिबार


कपिलवस्तु । अनावश्यक दुःख दिएको भन्दै लेखा अधिकृतको कोठामा वडाध्यक्षले तालाबन्दी गरेका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित वडा नम्बर ५ का अध्यक्ष लईस पठानले लेखा अधिकृत नीराजन लम्सालको शाखामा तालाबन्दी गरेका हुन् । जनप्रतिनिधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै पठानले अधिकृत लम्सालको कोठामा ताला लगाएका हुन्।

गाउँपालिकाद्वारा सञ्चालित विकास निमार्णको काममा लेखा शाखाले अनावश्यक दुःख दिने र समयमा काम नगरकोले ताला लगाएको पठानको भनाई छ ।

अल्झाउने, बल्झाउने र काम नगर्ने गरेको भन्दै वडा कार्यालय अन्तर्गतका कर्मचारी र वडाअध्यक्षसहितले एउटा निर्णय गरी जिल्ला प्रशासन कार्यालयमार्फत कोष तथा लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समिति र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि पठाइएको सूचना अधिकारी अनिल कुमार ओझाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस