निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार


७ फाल्गुन २०७६, बुधबार


वीरगन्ज । पर्साको बिन्दाबासिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारमाथि दुर्व्यवहार भएको छ ।

बोर्ड बैठकको विषयलाई लिएर वडा नं. ५ का वडाध्यक्ष शुकदेव राउत अहिरले आफूमाथि गाली गलौच गर्दै दुर्व्यवहार गरेको अधिकृत रौनियारले बताए ।

आफ्नो उपस्थिति बिना बोर्ड बैठक गराएको भन्दै उपाध्यक्षकै कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गरेको उनको भनाई छ ।

आइतबार बोर्ड बैठक बसेको थियो, त्यसका लागि हामीले सबैलाई चिठी पठाएका थियौँ तर बैठकमा सहभागी हुनु भएको थिएन रौनियारले भने बुधवार कार्यालयमा आएर हामीलाई जानकारी नै नगराई कसरी बैठक गरेको भन्दै गाली गलौचसहित कुटपिटमै उत्रिनुभयो ।

Tags :
प्रतिक्रिया दिनुहोस