दुर्घटनामा घाइते भएका सेनाका मेजरको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुर्घटनामा घाइते भएका सेनाका मेजरको मृत्यु


७ फाल्गुन २०७६, बुधबार


काठमाडौं । सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते नेपाली सेनाका मेजर ईश्वर सिलवालको मृत्यु भएको छ ।

उनको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको नेपाली सेनाले जनाएको हो ।

उनी नेपाली सेनाको सबुज गणमा कार्यरत थिए ।

सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको सेनाको लु१ग १२३ नम्बरको गाडी माघ २९ मा दुर्घटना हुँदा २९ वर्षीय जवान यादवराज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मेजर सिलवालसहित अन्य जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठलगायत घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस