राजपुरमा हेलिप्याड निर्माण - प्रशासन प्रशासन
prasaLogo
७ फाल्गुन २०७६, बुधबार

राजपुरमा हेलिप्याड निर्माण


प्रकाशित मिति : 19 February, 2020 11:09 am

तुलसीपुर । नेपाली सेनाको प्राविधिक सहयोगमा दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड राजपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

विपद व्यवस्थापनलाई सहज बनाउन सेनाको रिपुमर्दन गण भरतपुर दाङको सहयोगमा निर्मित सो हेलिप्याड राजपुर गाउँपालिकालाई मंगलबार हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको रु तीन लाख लागतमा राजपुर–५ को सालभौरीमा रहेको सो हेलिप्याडको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गरे ।

हेलिप्याड निर्माणपछि स्थानीयवासी खुशी बनेका छन् ।
विगतमा बाढी आउँदा स्थानीयवासीलाई उद्धार गर्न नसक्दा समस्या भएको थियो । रातिमा पनि हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्न सक्ने गरी बत्तीको व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष लोकराज केसीले जानकारी दिए ।

३० जना अट्ने नेपाली सेनाको ठूलो एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सक्ने हेलिप्याडको क्षमता रहेको छ ।

कार्यक्रममा १९ नं बाहिनीका सहायकरथी सुशीलकुमार भण्डारीले विपद् व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिँदै नवनिर्मित हेलिप्याडले दुर्गम राजपुर गाउँपालिकालाई विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस