काठमाडौँ । बागमती प्रदेशले ५९ जन स्वास्थ्य स्वयंसेवकको माग गरेको छ ।
बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट लगायतका ५९ पदमा स्वयंसेवक माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र फारम भर्न सूचना जारी गरेको छ । प्रमाणपत्रका आधारमा छनौट गरिने मन्त्रालयले जनाएको छ ।