२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली उन्कृष्ट पर्यटकीय गन्तव्य : उपराष्ट्रपति पुन

अ+ अ-

वीरेन्द्रनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशले पर्यटकीय हिसाबले उत्कृष्ट प्रदेशको रुपमा आफ्नो पहिचान बनाएको बताएका छन् ।

वीरेन्द्रनगरमा आजदेखि शुरु भएकोे दोस्रो कर्णाली एक्सपोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कर्णाली पर्यटकीय हिसाबले नेपालकै अब्बल रहेको बताए ।

‘तपाईहरु एकपटक कर्णाली घुम्न अवश्य आउनुहोस्’, उपराष्टपति पुनले आग्रह गरे, ‘विदेश भन्दा पहिला देशभित्र घुमौं ।’ आफ्नो देश घुमेर देश चिन्नुपर्ने भन्दै उनले भने, ‘विदेशमा घुमेर लाखौँ खर्च गरेर होइन देशभित्र गरिने हजारौा खर्चले देशको समृद्धि बढ्छ ।’

कर्णाली नेपाली खस संस्कृतिको उद्गमस्थलको साथै जडीबुटी खनिज पदार्थको मुख्य क्षेत्रको रुपमा पहिचान रहेको उनले उल्लेख गरे । ‘कर्णाली सामाजिक, सांस्कृतिक र विविधतामा धनी छ’, पुनले भने, ‘यहाँको पर्यटकीयस्थलले जहिले पनि मलाई आकर्षित गर्दछ । म विभिन्न पर्यटकीयस्थल पनि घुमेको छु ।’

उपराष्टपति पुनले संघीय सरकारले यस क्षेत्रका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने बताए । ‘आर्थिक विकासका लागि सार्वजनिक, निजी साझेदारीको तीन खम्बे नीति अवलम्बन गरिएको छ’, उनले भने, ‘सरकार एक्लैले मात्र विकास गर्न सम्भव छैन त्यसैले निजी क्षेत्रसँग पनि साझेदारी आवश्यक ।’

सबैभन्दा बढी सङ्घीयताको आवश्यकता कर्णालीलाई चाहिएको भन्दै उनले लामो समयदेखि उपेक्षित कर्णालीले आफ्नो भाग्य कोर्ने अवसर पाएको औल्याए । कठिन भौगोलिक अवस्थाका साथै विकासका हिसाबले पिछडिएको कर्णालीलाई सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । संघीयतापछि कर्णालीको विकास भएको भन्दै उनले प्राप्त उपलब्धिप्रति कर्णालीवासीले गौरव गर्नुपर्ने बताए । कर्णाली प्रदेशमा कर्मचारी समायोजन भएर आउन नमानेको भन्दै उनले कर्मचारीको दीर्घकालीन समस्यामा ध्यान दिनुपर्ने बताए । ‘सरकारले कर्णालीमा सरुवा हुँदा गर्वको महसुस हुने वातावरणको विकास गर्नुपर्छ’, उपराष्टपति पुनले भने ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासको लागि लागिपरेको बताए । ‘अर्गानिक प्रदेशको रुपमा पहिचान गराउनको लागि हामीले महोत्सवको आयोजना गरेका हौ’, उनले भने, ‘हामीले कर्णालीको विकासका लागि औद्योगिक विकास र सम्भावनाको खोजी गरिरहेका छौ ।’

सुर्खेत उल्द्योग वाणिज्य संघको अगुवाइमा ‘समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारःअर्गानिक कृषि, पर्यटन, जलस्रोत र उद्योग हुन पूर्वाधार’ भन्ने नारासाथ सञ्चालन गरिएको छ ।