भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न पूर्व राजाको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न पूर्व राजाको आग्रह


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहले भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्व हितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न आग्रह गरेका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् ।

‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रूपमा होइन, सारमा झल्कनुपर्दछ’ पूर्व राजाले भनेका छन्, ‘हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौँ, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौँ नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमङ्गमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’

पूर्व राजाले प्रजातन्त्र केही टाठा बाठा र केहीको आर्थिक स्वार्थका लागि मात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।

यति बेला भारत भ्रमणमा रहेका पूर्व राजा शाहले उतैबाट सन्देश पठाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस