सरकारी अनुदान दुरुपयोग गर्ने प्रधानाध्यापक र सब–इन्जिनियरविरुद्ध मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारी अनुदान दुरुपयोग गर्ने प्रधानाध्यापक र सब–इन्जिनियरविरुद्ध मुद्दा


६ फाल्गुन २०७६, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अनुदान हिनामिना गरेको आरोपमा प्राधानाध्यापक र सब–इन्जिनियरविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले गोरखाको सिरानचोक–१ मा अवस्थित नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्राविधिक सब–इन्जिनियर विकास झाविरुद्ध मुद्दा दायर गरेको हो।

प्रधानाध्यापक साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रवृत्ति, पोशाक, झोलाका लागि प्राप्त रकम सम्बन्धित विद्यार्थीलाई वितरण नगरेको, छात्रा शौचालय तथा फर्निचर मर्मत र निर्माण नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, झुठो नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरेर फछर्यौट गरी सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

आयोगले प्रधानाध्यापक साहबाट ५ लाख ९५ हजार ४ सय बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर गर्न मागदाबी गरेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सब–इन्जिनियर झाले साहसँगको मिलेमतोमा झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी सरकारको ३ लाख ५० हजार नोक्सानी गरेको आरोप आयोगले लगाएको छ। त्यही रकम बराबरको बिगो दाबी गर्दै उनीविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस