पूर्वसांसद भागवत ज्ञवालीको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वसांसद भागवत ज्ञवालीको निधन


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ।

ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

२००१ सालमा गुल्मीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेको थिए। उनका श्रीतमी, दुई छोरा र तीन छोरी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस