पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो


६ फाल्गुन २०७६, मंगलबार


नेपाल आयल निगम

काठमाडौँ । आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाइएको हो। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको निगमले जनाएको छ।

मूल्य समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७–९७ रुपैयाँ कायम भएको छ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

9988

Tags :
प्रतिक्रिया दिनुहोस