२० हजार घुससहित काठमाडौँमा सब इन्जिनियर पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२० हजार घुससहित काठमाडौँमा सब इन्जिनियर पक्राउ


५ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । जिल्ला आयोजना कार्यान्वयन इकाई बबरमहल अन्तर्गतको विपद् व्यवस्थापन विभाग काठमाडौँका सब–इन्जिनियर गणेश ठकुल्ला २० हजार घुससहित पक्राउ परेका छन् ।

भूकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार घुस लिई सकेको अवस्थामा ठकुल्ला पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले उक्त रकम लिई सकेको अवस्थामा काठमाडौँ महानगरपालिका ११ स्थित जिल्ला समन्वय समितिको क्यान्टिनबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

ठकुल्लालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस