सुन तस्करी प्रकरणमा बाजेको सेकुवाका सञ्चालकसहित चार जना धरौटीमा छुटे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन तस्करी प्रकरणमा बाजेको सेकुवाका सञ्चालकसहित चार जना धरौटीमा छुटे


५ फाल्गुन २०७६, सोमबार


सुन

काठमाडौँ । ३८ क्विन्टल सुन तस्करी प्रकरणमा फरार रहेका चार जना हाजिर भए लगत्तै धरौटीमा छुटेका छन् । चुणामणि उप्रेती गोरेकी श्रीमती, नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारीसहित चार जना धरौटी बुझाएर छुटेका हुन् ।

मोरङ उर्लाबारीका समन शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा २०७५ वैशाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएर ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दामा दुई वटा पूरक अभियोगसहित जम्मा ७५ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

अभियोग लगत्तै फरार रहेका वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रा.लि. न्यूरोडका सञ्चालक गीता श्रेष्ठ, सुनिल श्रेष्ठ, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भनिने चेतनाथ भण्डारी र चूडामणि उप्रेती गोरेकी श्रीमती निरु भनिने नर्बदा उप्रेती हाजिर भएका थिए ।

फरक फरक मितिमा हाजिर भएका उनीहरूलाई जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस