टेन्डर प्रक्रियालाई पारदर्शी बनाउन सेनालाई निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टेन्डर प्रक्रियालाई पारदर्शी बनाउन सेनालाई निर्देशन


५ फाल्गुन २०७६, सोमबार


नेपाली सेना

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले तराई–मधेस द्रुतमार्ग आयोजनामा गरिने टेन्डर प्रक्रियालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ।

सोमबार समितिमा भएको छलफलपछि टेन्डर प्रक्रियामा पारदर्शिता अपनाउँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्न द्रुत गतिमा काम अगाडि बढाउन समितिले निर्देशन दिएको हो।

समिति सभापति कल्याणी कुमारी खड्काले मुआब्जा वितरण लगायत आयोजनामा देखिएको अन्य समस्याहरूका चाँडो समाधान गर्न पनि निर्देशन दिएकी छिन् ।

समितिले आयोजनाको स्थलगत भ्रमण गर्ने निर्णय गर्दै राष्ट्रिय गौरवको आयोजना मध्येको एक तराई मधेस द्रुतमार्गको निर्माण कार्य २०८१ असार मसान्तभित्र सक्ने लक्ष्यका साथ निर्माणाधीन आयोजनालाई सम्पन्न गर्न बनाइएको विस्तृत कार्य योजना समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएकी छिन

Tags :
प्रतिक्रिया दिनुहोस