आजदेखि बिजुलीका तार भूमिगत हुने, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजदेखि बिजुलीका तार भूमिगत हुने, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै


५ फाल्गुन २०७६, सोमबार


काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकामा बिजुलीका तार भूमिगत हुने भएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिकरुपमा बिजुलीका तार भूमिगत गर्ने कार्यको थालनी गर्ने भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीका तार जमिनभित्र राख्ने कार्य शुरु गर्नेछ ।

प्राधिरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिइसकेको छ । अत्याधुनिक प्रविधिबाट ठाउंठाउँमा प्वाल पारेर बिजुलीका तार जमिनमूनी राखिनेछन् । सडक खनिने छैनन् ।

तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ । तार भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी)ले १५ अर्व रुपैयाँ ऋण सहयोग गरेको छ ।

प्राधिकरणले अन्डरग्राउण्डको काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष राखेको छ । पहिलो पटक भूमिगत गर्न लागेको यो योजना सफल भएमा अन्य सहरी क्षेत्रमा पनि बिजुलीका तार भूमिगत गरिने प्राधिरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस