करार नियुक्ति प्रतिस्पर्धाबाट गर्न कृषि प्राविधिकको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

करार नियुक्ति प्रतिस्पर्धाबाट गर्न कृषि प्राविधिकको माग


४ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । कृषि प्राविधिकहरूले करार सेवालाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा काठमाडौँ कृषि प्राविधिक सङ्घर्ष समिति मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले प्रदेश स्तरीय करार सेवा राजनीतिक आधारमा नभई पारदर्शी ढङ्गले प्रतिस्पर्धामार्फत गराउनु पर्ने बताएका हुन् ।

उनीहरूले लोक सेवा विज्ञापन नहुँदा परीक्षाको तयारीमा रहेका युवाहरू हदबन्दीको समस्यासमेत झेल्नु परिरहेको बताउँदै उक्त विषम परिस्थितिमा तत्काल सरकारको ध्यानाकर्षणसमेत
गरेका छन् ।

वर्षेनी सय वटा क्याम्पसबाट दुई हजार जना कृषि प्राविधिकहरू उत्पादन भइरहेको तर त्यसको खपत देशभित्र हुन नसक्दा बिदेशिन बाध्य भएको उनीहरूको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस