वीरगन्ज महानगरपालिकाका सबै विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरगन्ज महानगरपालिकाका सबै विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गरिँदै


४ फाल्गुन २०७६, आइतबार


वीरगन्ज । वीरगन्ज महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड वितरण कार्य सुरु गरिएको छ ।

गत वर्ष देखि सुरु गरिएको उक्त अभियानलाई विद्यालयहरूमा सेनेटरी प्याड मेसिन जडान गरेर निरन्तरता दिने अभियानमा वीरगन्ज महानगरपालिका जुटेको छ ।

वीरगन्ज महानगरपालिका मित्र रहेका सबै माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरूमा सेनेटरी प्याड मेसिन जडान कार्यलाई सुरु गरिएको छ । नगर प्रमुख विजय कुमार सरावगीले गत वर्ष निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रममा घोषणा गरे अनुसार महानगरपालिकाले विद्यालयहरूमा सेनेटरी प्याड मेशिन जडान अभियानलाई आज एक कार्यक्रम गरी सुरु गरिएको हो । आवश्यकता अनुसार एटिएम जस्तै सेनेटरी प्याड निकाल्न सक्ने उक्त मेसिन महानगरपालिकामा रहेका सबै ९२ वटा मेसिन जडान गरिने महानगरपालिकाले जनाएको छ ।

आइतबार बिहान एक कार्यक्रम गरी जडान गरिने मेसिन सञ्चालनको बारेमा प्राविधिक जानकारी गराइएको थियो । वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगी , उपमेयर सुश्री शान्ति कार्की र शैक्षिक महाशाखाका प्रमुख अरविन्द कर्णको विशेष उपस्थितिमा रहेको उक्त कार्यक्रममा मेसिनहरूमा प्याड राख्ने तथा छात्राहरूले आवश्यकता अनुसार सहज रूपमा निकाल्न सक्ने कार्यको बारेमा जानकारी समेत गराइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस