सुनचाँदीको भाउ आजसम्मकै उच्च, हेर्नुहोस् कति पुग्यो ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुनचाँदीको भाउ आजसम्मकै उच्च, हेर्नुहोस् कति पुग्यो ?


४ फाल्गुन २०७६, आइतबार


सुन

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ७६ हजार ५ सय रुपैयाँ कायम गरेको छ ।

गत शुक्रबार तोलाको ७६ हजारमा स्थिर थियो ।

यस्तै, तेजाबी सुनको भाउमा पनि तोलामा पाँच सय रुपैयाँले बढ्दै ७६ हजार २ सय रुपैयाँ कायम भएको छ । गएको शुक्रबार भने तेजाबी सुन तोलाको ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बढेको छ । शुक्रबार तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ५ रुपैयाँले बढ्दै ८ सय ८५ कायम भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस