सचिवबाट दुर्व्यवहार भएको भन्दै निवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिवबाट दुर्व्यवहार भएको भन्दै निवेदन


४ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । स्वास्थ्य सचिव खगराज बरालले चिकित्सकमाथि गालीगलौजसहित दुर्व्यवहार गरेको भन्दै कारबाही लागि नेपाल मेडिकल एसोसिएसनमा उजुरी दर्ता भएको छ ।

स्वास्थ्य बिमा सम्बन्धी एक बैठकमा सचिव बरालले व्यक्तिगत गालीगलौज गरी चिकित्सकलाई बिकाउको संज्ञा दिएको भन्दै महाराजगन्ज मेडिकल क्याम्पसका सहप्राध्यापक तथा विभागीय प्रमुख डा सतिश कुमार देवले चिकित्सकको छाता सङ्गठन नेपाल मेडिकल एसोसियनमा निवेदन दिएका हुन् । ।

२ गते दर्ता भएको उजुरीमा देवले सचिव बरालले व्यक्तिगत रूपमा गाली गलौच गरी चिकित्सकहरू बिक्ने र आफू सचिव भएको बेलामा ४–५ जना प्राध्यापकहरूले ढोग्न आउने गरेको जस्ता तल्लो स्तरका टिप्पणी गरेको उल्लेख छ ।

हेर्नुस् पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस