सल्यानमा एक किशोरीको विभत्स हत्या « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सल्यानमा एक किशोरीको विभत्स हत्या


४ फाल्गुन २०७६, आइतबार


दाङ । शुक्रबार सल्यानमा एक किशोरीको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ तल्लो काभ्रा निवासी अन्दाजी १६–१७ वर्षीया कविता बोहराको हत्या गरिएको हो।

उनको घाँटीको स्वासनली काटेर हत्या गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

पारिवारीक स्रोतका अनुसार कविता शुक्रबार राति ९ बजेसम्म कोठमा एक्लै पढिरहेकी थिइन। घरका सबै सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको बताइएको छ ।

घटनावारे अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस