७५ हजार घुससहित विद्युत प्राधिकरणका सहायक प्रवन्धक पक्राउ - प्रशासन प्रशासन
prasaLogo
२ फाल्गुन २०७६, शुक्रबार

७५ हजार घुससहित विद्युत प्राधिकरणका सहायक प्रवन्धक पक्राउ


प्रकाशित मिति : 14 February, 2020 9:01 pm

घुस

काठमाडौँ । विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनार घुससहित पक्राउ परेका छन् ।

कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सुनार शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएका थिए । उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कमलामाई नगरपालिका(७ गैरी चौकबाट उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । इन्जिनियर सुनारलाई भने उनकै कार्यालयबाट पक्राउ गरिएको कोर्इरालाले बताए ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस