गृह मन्त्रालयद्वारा प्रहरीमा किटानी जाहेरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृह मन्त्रालयद्वारा प्रहरीमा किटानी जाहेरी


२ फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी दिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले जग्गा हिनामिनामा संलग्नलाई ठगी र किर्तेसम्बन्धी मुद्दा चलाउनुपर्ने भन्दै दुई साताअघि गृहमा बुझाएको प्रतिवेदनअनुसार सरकारका तर्फबाट गृहले किटानी जाहेरी दिएको हो।

ठगी मुद्दा चलाउन जाहेरी अनिवार्य चाहिने भएकोले मन्त्रालयले बिचौलियाबाट सरकार नै ठगिएको भन्दै प्रहरीलाई जाहेरी बुझाएको हो ।

बालुवाटारको करिब १३६ रोपनी जग्गा पटक पटक गरी विभिन्न व्यक्तिको नाममा लगिएको देखिएपछि तीन पूर्व मन्त्री तथा तीन पूर्व सचिवलाई समेत गरी एक सय ७५ जना विरुद्ध गत माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ ।

जग्गा फिर्ता गर्ने सर्तमा नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन र न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिएको भन्दै सरकार तथा अख्यिायार माथि नै प्रश्न उठाउँदै चौतर्फी आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस