‘जनयुद्ध दिवस’मा नगरपालिका र गाउँपालिकाले दियो सार्वजनिक बिदा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘जनयुद्ध दिवस’मा नगरपालिका र गाउँपालिकाले दियो सार्वजनिक बिदा


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । ‘जनयुद्ध दिवस’मा अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । धनुषाकोको शहीदनगर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको बताइएको छ ।

बिहीबार नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले बताए ।

यस्तै दाङको बंगलाचुली गाउँपालिकाले पनि जनयुद्धको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

जनयुद्ध दिवसकामा गाउँपालिकाले सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रेस संयोजक जिवन नेपालीले बताए। बंगलाचुली गाउँकार्यपालिकाको बैठकले फागुन १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस