‘माओवादी आन्दोलनको अवतरण सही समयमा नगराइएको भए समाप्त हुने थियो ।’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘माओवादी आन्दोलनको अवतरण सही समयमा नगराइएको भए समाप्त हुने थियो ।’


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको बताएका छन् । उनले अन्य देश जस्तै श्रीलंका, भारतलगायत देशका माओबादी आन्दोलले ठूलो धक्का खाएको भन्दै आन्दोलनको सही समयमा अवतरण नगराएको भए समाप्त भइने बताएका हुन् ।

उनले भने, ‘पेरु, श्रीलंका, भारतलगायत देशका माओवादी आन्दोलनले गम्भीर धक्का खाएको छ, माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो, नगराइएको भए समाप्त हुने थियो ।’

माओवादी र एमाले जनयुद्धदेखि नै निकट रहेको स्मरण गर्दे उनले एमाले र माओवादीबीचको एकता कसैको लहडमा नभएको बताएका छन् । उलने भने,‘तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता अचानक भएको होइन, सही नीति र नेतृत्व भएका कारण एकता सम्भव भएको हो, यो कसैको लहडमा भएको होइन ।’

उनले सुखानीमा मारिएका किसान आन्दोलनका नेताहरुको स्मरण गर्दै माओवादी जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको सम्झनामा फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाउने गरेको बताबका छन् । उनले त्यतिबेला देखिनै निकट रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस