बसले ठक्कर दिँदा नायिका महिमा सिलवाल दिदीबहिनीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बसले ठक्कर दिँदा नायिका महिमा सिलवाल दिदीबहिनीको मृत्यु


१ फाल्गुन २०७६, बिहिबार


धादिङ । बसले ठक्कर दिँदा नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनीसमेतको मृत्यु भएको छ। बुधबार साँझ पौने ६ बजेतिर धादिङको गजुरी–२, चम्बासमा नायिका सिलवाल र उनकी बहिनी सर्मिला सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा दुवैको मृत्यु भएको धादिङको गजुरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको र उनकी बहिनी २० वर्षीया सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काले जनाएका छन् ।

ठक्कर दिने बससहित चालक पाल्पाका रन्जित गौतमलाई नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिएका छन् ।

नायिका महिमाले ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन्। त्यसयता उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्। उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस