भारतमा एक नेपालीको गोली हानी हत्या « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

भारतमा एक नेपालीको गोली हानी हत्या


१ फाल्गुन २०७६, बिहिबार


राजविराज । भारतमा एक नेपाली नागरिकको गोली हानी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतको झन्झारपुरमा हत्या भएको हो ।

यादव बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका थिए । उनी ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए ।

ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गोली प्रहार गरिएको बताइएको छ ।

घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादवसँगै रहेका थिए ।

पारिवारिक स्रोतका अनुसार सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको हो । उनको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस