२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसी सम्झौता नेपालको लागि खतरा : अध्यक्ष विजुक्छे

अ+ अ-

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोना भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई बुधबार सम्बोधन गर्दै चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने नहुने र मानव बस्तीभन्दा टाढा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

अध्यक्ष विजुक्छेले एमसिसी सम्झौता नेपालको लागि खतराको विषय भएको औँल्याउँदै पार्टीले एमसिसीको खुलेर विरोध गर्दै आएको उल्लेख गरे।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७६/७७ को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाका लागि आवश्यक ऐन, नियम, विनियम र कार्यविधिबारे जानकारी दिए । उनले आव २०७६/०७७ मा रु ९९ करोड ८० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्ममा ३६.२४ प्रतिशत अर्थात रु ३६ करोड १७ लाख २२ हजार मात्र खर्च भएको जानकारी दिए ।

त्यसैगरी चालु आव २०७६/०७७ मा पूँजीगततर्फ एक अर्ब १३ करोड ३० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्म २२.१६ प्रतिशत अर्थात २५ करोड १० लाख ९५ हजार खर्च भएको प्रमुख प्रजापतिले जानकारी दिए ।

चालु आवमा कूल दुई अर्ब १३ करोड १० लाख बजेट पारित भएकोमा चालु तथा पूँजीगततर्फ गरी कूल रु ६१ करोड २८ लाख १७ हजार अर्थात कूल बजेटको २८.७६ प्रतिशत मात्रै खर्च भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

नगरपालिकाले आन्तरिक आयतर्फ बितेको छ महिनामा रु २० करोड ३५ लाख ८४ हजार कर असुली गरेको छ ।