अर्थ सचिवमा ढुंगाना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अर्थ सचिवमा ढुंगाना


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ ।

मन्त्रालयको राजस्व सचिव रहेका उनलाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ सचिव बनाउने निर्णय गरेको हो। तत्कालीन अर्थ सचिव राजन खनाल गत २२ माघमा अनिवार्य अवकासमा गएपछि सो पद रिक्त थियो ।

ढुंगाना आर्थिक र प्रशासनिक क्षेत्रमा राम्रो दक्खल राख्ने प्रशासकका रुपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस