फिलिपिन्सद्वारा अमेरिकासँगको सैन्य सम्झौता रद्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फिलिपिन्सद्वारा अमेरिकासँगको सैन्य सम्झौता रद्ध


प्रशासन संवाददाता

२९ माघ २०७६, बुधबार


मनिला । फिलिपिन्सले अमेरिकासँगको एक सैन्य सम्झौतालाई रद्ध गरेको छ। उसले दुबै देशीबीच सैन्य अभ्यास तथा तालिमसम्बन्धी सम्झौतालाई रद्ध गरेको हो।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो समयदेखि सैन्य साझेदार अमेरिकाबाट टाढा हुने र चीनसँग नजिक हुने धम्की दिदैं आएका थिए।

त्यहाँको विदेश मन्त्रालयले सो सम्बन्धी औपचारिक जानकारी अमेरिकालाई दिइसकेको आफ्नो ट्वीटरमा उल्लेख गरेको छ।

सूचनापछि यो सम्झौता १८० दिनपछि खारेज हुनेछ। अमेरिकाले फिलिपिन्सको यो कदमले दुई देशको सम्बन्धमा महत्वपूर्ण असर पार्ने प्रतिक्रिया दिएको छ।

गत महिना फिलिफिन्सका राष्ट्रपति दुतेर्तेले देशका एक सासंदको भिषा अमेरिकाले रद्ध गरेपछि सो सम्झौता खारेज गर्ने चेतावनी दिएका थिए।

सन् २०१६ मा फिलिपिन्सको सत्तामा आएयता राष्ट्रपति दुतेर्तेले अमेरिकासँगको सैन्य सम्झौता र तिनीहरूको भूमिकाका बारेमा विभीन्न विरोधी भनाइहरु दिदैं आएका थिए।

सत्तामा आएपछि उनी लागु औषधका दुरव्यसनी र कारोबारीप्रति हिंस्रकरुपमा उत्रिरहेका छन्। उनीले यी दुबै खालेलाई सफाया गर्ने नीति अख्तियार गरेपछि अमेरिका लगायतका देशले त्यहाँको मानव अधिकारका विषयमा प्रश्न उठाउने तथा आलोचना गर्ने गर्दै आइरहेका छन्।

यसैको विरोधस्वरूप अमेरिकाले एक फिलिपिनो सासंदलाई अमेरिका प्रवेशमा रोक लगाउँदै भिषा रद्ध गरेपछि राष्ट्रपति रोड्रिगो दुतेर्ते अमेरिकासँग क्षुब्द बनेका छन्। एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस