नवलपरासीमा ट्याक्टर दुर्घटन, चारको मुत्यु, १५ घाईते, दुई गम्भीर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवलपरासीमा ट्याक्टर दुर्घटन, चारको मुत्यु, १५ घाईते, दुई गम्भीर


२९ माघ २०७६, बुधबार


नवलपरासी । पूवी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृतयु भएको छ भने १५ जना घाइते भएका छन् ।

गए राती बुलिगंटार गाउँपालिका–३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा बर्ष ५० का यमसिहं सारु मगर,बर्ष ३२ का नरबहादुर सुस्लिगं मगर, बर्ष २५ का नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र बर्ष ४५ का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना साँझ ८ बजे तिर भएको थियो । बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर बुलिगंटार प्रहरीले बताएको छ ।

घाइते मध्ये दुर्इको अवस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस