अफगानिस्तानमा आत्मघाती आक्रमण, तीन सैनिकसहित पाँचको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अफगानिस्तानमा आत्मघाती आक्रमण, तीन सैनिकसहित पाँचको मृत्यु


२८ माघ २०७६, मंगलबार


काबुल । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयलाई लक्षित गर्दै त्मघाती आक्रमणमा भएको छ । अक्रमणमा तीनजना सैनिकसहित पाँचजनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता नसरत रहिमीले मृत्यु हुने दुई जना आम नागरिक बताएका छन् । विस्फोटमा १२ जना घाइते छन् । जसमध्ये पाँचजना सर्वसाधारण हुन् ।

सैनिक प्रशिक्षालयको गेटमै हमला भएको थियो । ‘मर्सल फहिम मिलिटरी एकेडेमी’को गेट नजिकै हमला भएको बताइएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकैका घर नै हल्लाउने गरी शक्तिशाली विस्फोट भएको थियो । विस्फोटपछि गोली प्रहारको आवाज सुनिएको स्थानीयबासीले जनाएका छन् ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । अफगानिस्तानका ग्रामिण स्थानमा तालिबान समूह सक्रिय रहँदैआएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस