वडा सदस्य र इन्जिनियर ७५ हजार घुससहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वडा सदस्य र इन्जिनियर ७५ हजार घुससहित पक्राउ


२८ माघ २०७६, मंगलबार


अख्तियार

काठमाडौं । वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी घुससहित पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका – १३ का वडा सदस्य नगरपालिकाका इन्जिनियर घुससहित ७५ हजार घुससहित पक्राउ परेका हुन् ।

निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

सेवाग्राहीसँग विभिन्नन बाहनामा घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको हो ।

दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस