चीनबाट उद्धार गरी ल्याइने विद्यार्थीको निगरानीमा ६० जना स्वास्थ्यकर्मी खटाइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनबाट उद्धार गरी ल्याइने विद्यार्थीको निगरानीमा ६० जना स्वास्थ्यकर्मी खटाइने


२७ माघ २०७६, सोमबार


डाक्टर

काठमाडौं । चिनबाट उद्धार गरी ल्याइएका नेपाली विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने गरिने भएको छ । निगरानीका लागि ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई आज (सोमबार) अभिमुखीकरण तालिमसमेत दिँदै छ।

तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्था आइलागेमा के गर्ने भनेर सिकाइने छ।

तालिम दिउँसो २ बजे इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा हुँदैछ।

निगरानीमा खटिने ६० जना स्वासथ्यकर्मी फरक–फरक अस्पतालमा कार्यरत रहेको जनाइएको छ ।

मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी गरी ६० जना स्वास्थ्य मन्त्रालयले छुट्याएको छ ।

चीनको वुहानमा रहेका १८० जना विद्यार्थीलाई सरकारले नेपाल ल्याउने तयारी गरेको छ।

गत बिहीबारको मन्त्रिपरिषदको बैठकले भक्तपुरको खरीपाटीमा क्वारेण्टाइनमा राख्ने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस