पूर्वसचिव पत्नी बेहोस अवस्थामा फेला, कामदारद्वारा आत्महत्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वसचिव पत्नी बेहोस अवस्थामा फेला, कामदारद्वारा आत्महत्या


२७ माघ २०७६, सोमबार


काठमाडौं । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना बेहोस अस्थामा फेला परेकी छिन् ।

सोमबार बिहान सानेपास्थित निवासमै मुना बेहोस अवस्थामा भेटिएको र घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् ।

सोमबार पारेर पशुपतिको दर्शन गर्न गएका पुर्बसचिव कार्की घर फर्किँदा श्रीमती भान्साकोठामा रग्ताम्य अवस्थामा भेटिएको छिमेकीहरुले बताएका छन्।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार मुनाको अवस्था गम्भीर छ, घरमा कामगर्ने कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन ।

घटनाबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस