‘खेतमा झुल्ने धान’ सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘खेतमा झुल्ने धान’ सार्वजनिक


२७ माघ २०७६, सोमबार


काठमाडौं । मोडल तथा नायिका आशिष्मा नकर्मीको नयाँ गीत सार्वजनिक भएको छ । उनी ‘खेतमा झुल्ने धान’ बोलको नयाँ लोक दोहोरी गीतको भिडियोमा देखिएकी छिन् ।

राजु परियार र गरिमा बिरहीको स्वर रहेको उक्त गीतको भिडियोमा आशिष्मालाई अमेश भण्डारीले साथ दिएका छन् ।

त्यस्तै गीतमा कृष्ण केसीको शब्द र मौसमी हिमालीको निर्देशन रहेको छ । करण चाईसिरले छायांकन गरेको यस गीतमा कुमार रानाको मिक्सिङ, मास्टरिङ रहेको छ ।

मारुनी डिजिटलमा रेर्कडिङ गरिएको गीतलाई बिहिबार आफ्नो मनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

विवाहपछि कला क्षेत्रबाट पलायन जस्तै भएकी आशिष्माको विवाहपछिको यो पहिलो म्युजिक भिडियो हो ।

हेर्नुस् भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस