जुठो खाँदा एकै परिवारका ९ जनालाई कोरोनाको संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जुठो खाँदा एकै परिवारका ९ जनालाई कोरोनाको संक्रमण


२७ माघ २०७६, सोमबार


हङकङ । जुठो खाँदा हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। जुठो खाना एकआपसमा आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

जनवरी २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा उनीहरू भेला भएका थिए।

‘एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना आपसमा साटासाट गरेर खाएका थिए’ साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

समाचारमा जुठो खाँदा एकै परिवारका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको भनिए पनि ९ जनामध्ये कसलाई त्यो संक्रमण थियो र सर्यो भन्ने विषय खुलाइएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस