सडक विभागले ४ सय ७४ कर्मचारी दरबन्दी थप्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सडक विभागले ४ सय ७४ कर्मचारी दरबन्दी थप्दै


२७ माघ २०७६, सोमबार


काठमाडौँ । सडक विभागले कर्मचारी दरबन्दी थप गर्ने भएको छ । लामो समयदेखि कर्मचारी अभावका कारण काममा समस्या आएको भन्दै तत्काल ४ सय ७४ दरबन्दी थप गर्ने भएको हो ।

सडकको काम गर्न समस्या परेपछि प्राविधिक कर्मचारी थप गर्नु पर्ने भएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताएका छन् ।

विभागल कर्मचारी थप गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस