विकास र समृद्धिका लागि दलहरु एकजुट हुनु आवश्यक : अध्यक्ष यादव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विकास र समृद्धिका लागि दलहरु एकजुट हुनु आवश्यक : अध्यक्ष यादव


प्रशासन संवाददाता

२६ माघ २०७६, आइतबार


लहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको बताउदै अध्यक्ष यादवले सरकार संविधान संशोधन गर्न तयार नभएपछि सरकारवाट बाहिरिएको बताए । स्थानीय तहका जनप्रतिनिधिहरूले विकासभन्दा उपभोक्ता समिति बनाउनेतर्फ सक्रिय भएकाले उपभोक्ताभन्दा विकासप्रति सबैले समर्पित हनु आवश्यक रहेको उनले औँल्याए ।

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि तत्काल ६५ बिघा जग्गा पर्याप्त रहेकोले उक्त जग्गा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएपछि काम अगाडि बढने दाबीसमेत उनले गरे। भारत सरकारको सहयोगमा निर्माणाधीन छात्रावासको निर्माण कार्य अगाडि बढाउनुपर्ने बताउँदै अध्यक्ष यादवले राजविराजको छात्रावासलाई व्यवस्थित गर्न नरसिंह कलेज निर्माण गर्नु आवश्यक रहेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस