‘अनुचित कार्य’ हेर्ने अधिकार राष्ट्रिय सतर्कता केन्द्रमा सार्न सांसदको प्रस्ताव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘अनुचित कार्य’ हेर्ने अधिकार राष्ट्रिय सतर्कता केन्द्रमा सार्न सांसदको प्रस्ताव


२६ माघ २०७६, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका सांसदहरूले ‘अनुचित कार्य’ सम्बन्धी अनुसन्धानको अधिकार राष्ट्रिय सतर्कता केन्द्रमा सार्न प्रस्ताव गरेका छन् ।

काँग्रेस सांसदहरू राधेश्याम अधिकारी, प्रकाश पन्थ, बद्रीप्रसाद पाण्डे र राजपाका सांसद बृषेशचन्द्र लालले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा ‘अनुचित कार्य’ हेर्ने अधिकार सतर्कता केन्द्रमा राख्न माग गरेर संशोधन दर्ता गराएका हुन्।

नेपालको संविधान २०७२ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुचित कार्य हेर्ने अधिकार खोसेसँगै आयोगले अनुचित कार्यमाथि अनुसन्धान र कारबाही गर्न पाउने अधिकार आफूलाई दिनुपर्ने भन्दै आएको छ । २०७२ सालमा संविधान जारी हुनु भन्दा पहिलेसम्म २०४७ को संविधान र अन्तरिम संविधान २०६३ बमोजिम ‘अनुचित कार्य’ माथि अनुसन्धान गरी मुद्दा दायर गर्ने अधिकार अख्तियारले प्रयोग गर्दै आएको थियो ।

आयोगले राष्ट्रपतिलाई बुझाएको २९ औँ प्रतिवेदनमा अनुचित कार्य छानबिन गर्ने अधिकार आयोगलाई दिन माग गरेको छ ।

अन्य कार्यालय, अधिकारी वा कर्मचारीको कार्यमा अनाधिकार बाधा उत्पन्न गरेको वा त्यस्तो कार्यालय, अधिकारी वा कर्मचारीलाई दबाब दिई कुनै अनधिकृत कार्य गराएको, आफूले गर्नुपर्ने कुनै काम नगरी अन्य कार्यालय वा अन्य अधिकारी कहाँ पठाई आफ्नो उत्तरदायित्व पन्छाएको, आफ्नो पदको प्रकृतिअनुसार पालन गर्नुपर्ने कुनै पदीय कर्तव्य पालन नगरेमा अनुचित कार्य हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस