टिपर चालकबाट पाँच हजार घुस लिने असई पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टिपर चालकबाट पाँच हजार घुस लिने असई पक्राउ


२६ माघ २०७६, आइतबार


काठमाडौं । बुटवलमा एक जना प्रहरी सहायक निरीक्षक असई पाँच हजार घुससहित पक्राउ परेका छन् ।

प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भइ हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत असई सूर्यबहादुर अधिकारीलाई बुटवल उपमहानगरपालिका-८ ट्राफिक प्रहरी पोष्ट रामनगरबाट अख्तियारले घुससहित पक्राउ गरेको हो ।

विभिन्न बहाना बनाएर टिपर रोकेर चालकलाई डर त्रास देखाइ आवत जावतमा सहजीकरण गरिदिने भन्दै घुस लिएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस