करणी उद्योग कार्यमा संलग्न पुनस्थापना केन्द्रका सुरक्षा गार्ड पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

करणी उद्योग कार्यमा संलग्न पुनस्थापना केन्द्रका सुरक्षा गार्ड पक्राउ


२६ माघ २०७६, आइतबार


काठमाडौं । प्रहरीले करणी उद्योगको आरोपमा काठमाडौंको एक पुनस्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ गरेको छ ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ मा रहेको हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रका सुरक्षा गार्ड २५ वर्षका विशाल भन्ने रमेशप्रसाद वाग्ले पक्राउ परेका हुन् ।

पुनर्सथापना केन्द्रका उपचारका लागि आएकी युवतीलाई एकान्तमा बोलाई सम्झाउने बाहनामा अश्लिल हर्कत गर्ने, संवेदनशील अंग समाई पीडित बनाउने गरेको उजुरी आएको महानगरीय अपराध महाशाखाका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

नुवाकोट बेलकोटगढी नगरपालिका १२ घर भएका वाग्लेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस