नेपाल ओमानसँग ८ विकेटले पराजित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल ओमानसँग ८ विकेटले पराजित


२६ माघ २०७६, आइतबार


काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । ८ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा पछ्यायो ।

ओमानका लागि अकिबले शतकीय पारी खेल्दै १ सय ९ रन बनाए भने कप्तान जिसान मक्सुदले ६८ रनको योगदान दिए । अकिबले १ सय ८ बल खेल्दै १२ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, खावर अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन बनाए । नेपालका लागि सन्दीप भारी र कुशल मल्लले १–१ विकेट लिए ।

यसअघि, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२ रन बनाए ।

ओमानका लागि अकिव इलयासले चार विकेट र मोहम्मद नदीमले तीन विकेट लिए ।

जारी प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस