कांग्रेसको माइतीघरमा नारा- कठै अख्तियार, नेकपासामु लम्पसार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेसको माइतीघरमा नारा- कठै अख्तियार, नेकपासामु लम्पसार


२६ माघ २०७६, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरुले ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार, दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, कठै अख्तियार, नेकपासामु लम्पसार’ जस्ता नारा लगाएका थिए ।

केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तर, नेकपाका नेता र निकटका व्यक्तिलाई उन्मुक्ति दिएको भन्दै नेपाली कांग्रेसले संसद र सडकबाट विरोध गरिरहेको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर काँग्रेस उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा दायर गरिएको भन्दै काँग्रेस आन्दोलित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस