सुनको भाउ बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको भाउ बढ्यो, आज तोलामा कति ?


२६ माघ २०७६, आइतबार


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस