नेपालले दियो ओमानलाई २५० रनको लक्ष्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपालले दियो ओमानलाई २५० रनको लक्ष्य


२६ माघ २०७६, आइतबार


काठमाडौं । नेपाल ले ओमानलाई २५० रनको लक्ष दिएको छ ।

आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा आज भएको खेलमा नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको हो ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको छ ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए ।

यस्तै पूर्वकप्तान पारस खड्काले ३८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोस्रो ठूलो योगफल हो ।

Tags :
प्रतिक्रिया दिनुहोस