उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना


२५ माघ २०७६, शनिबार


काठमाडौँ । पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीका कारण आज(शनिवार) देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पश्चिमी पहाडमा हल्का वर्षा तथा उच्च पहाडी हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ।

यसै गरी मध्य क्षेत्रका पहाड तथा तराईका केही स्थानमा पनि आज हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा आज वर्षाको सम्भावना नरहे पनि आंशिक बदली हुने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पश्चिमी पहाडी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागका स्थानमा आंशिक बदली हुनेछ भने तराईका भूभागमा भने मौसम सामान्यतया सफा रहने छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस