ट्रम्पद्वारा आफूविरुद्ध साक्षी बसेका २ अधिकारी बर्खास्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ट्रम्पद्वारा आफूविरुद्ध साक्षी बसेका २ अधिकारी बर्खास्त


२५ माघ २०७६, शनिबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई बर्खास्त गरेका छन् ।

माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्त गरेका हुन् ।

ह्वाइटहाउसले सुरुमा भिडम्यानलाई बर्खास्त गरेको जनाएको थियो । तर, त्यसको केही समयपछि ट्रम्पले सोडल्यान्डलाई पनि फिर्ता बोलाएका छन् । बर्खास्तमा परेका भिडम्यान युक्रेन मामलाका जानकार मानिन्छन् ।

राष्ट्रपति पदको दुरुपयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग दर्ता भएको थियो । उनीहरू महाभियोगको दौरानमा साक्षीका रूपमा प्रस्तुत भएका थिए ।

विपक्षीहरूको बहुमत रहेको तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो । तर, रिपब्लिकनहरूको बोलवाला रहेको माथिल्लो सदन सिनेटबाट भने ट्रम्पले सफाइ पाएसँगै ट्रम्पले आफूविरुद्ध खडा भएका अधिकारीलाई बर्खास्त गरिदिएका हुन् ।

उनले आफ्नो कार्यकारी आदेशको आलोचना गर्ने कार्यवाहक महान्यायाधिवक्ता स्याली येट्सलाई पनि यसअघि बर्खास्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस