अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण,  दुई प्रहरी घाइते   « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण,  दुई प्रहरी घाइते  


२५ माघ २०७६, शनिबार


काठमाडौँ । अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण  गरेका गरेका छन् ।

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०-१२ जनाको समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए  ।

आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस