भ्रष्ट्राचारी जो भए पनि कारवाही हुनुपर्छ : नेता थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

भ्रष्ट्राचारी जो भए पनि कारवाही हुनुपर्छ : नेता थापा


२४ माघ २०७६, शुक्रबार


चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नगरसमिति कालिका नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताए ।

सरकारले ललिता निवासको जग्गाको विषयमा कांग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उनको आरोप थियो । उनले भने ‘ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनुे कस्तो बिडम्बना हो ।’

सो अवसरमा बोल्दै उनले अहिलेको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए। सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको आरोप थापाले लगाए । फरक प्रसङ्गमा बोल्दै उनले पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताए । जनताले अहिले सङ्गठित कांग्रेस खोजेको भन्दै उनले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेकप्रसाद गुरुङ्, महासमिति सदस्य कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठलगायतले बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस